काठमाडौं– उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। संक्रमण देखिएका व्यक्ती उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्।
उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए।
संक्रमण देखिएका व्यक्ति ३३ वर्षका छन्। उनको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो।
प्रतिक्रिया