काठमाडाैं- उदयपुरकाे मस्जिदमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
वीपी कोइराला अस्पताल धरानमा पीसीआर बिधिबाट गरिएको परीक्षण आज थप ११जनामा कोरोना पुष्टि भएको हाे ।
आजै यसअघि उदयपुरका अर्का एकजना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको थियो।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर बिधिबाट गरिएको परीक्षणमा मंगलबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबारकै नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उदयपुरमा थप एकजनामा संक्रमण पुष्टि भएको बताएका थिए।
त्यसअघि सोहि जिल्लामा १३ जना संक्रमित भेटिएका छन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ। तीमध्ये हालसम्म ५ जना निको भई घर फर्किसकेका छन्।
प्रतिक्रिया