+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा सांसदहरुलाई प्रधानमन्त्री ओलीले भने, ‘लकडाउन लम्बिन सक्छ, सीमानाका तत्काल खुल्दैन’

4KNationalDaily
२०७७ बैशाख ११, बिहीबार ०६:३० बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझ लम्बिन सक्ने प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका सांसदहरुसंगको छलफलमा उनले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि लकडाउन नै उत्तम उपाय देखिएको बताएका हुन् ।

सरकारले ल्याएको अध्यादेशको विषयलाई लिएर विकसित घटनाक्रम र पार्टी भित्र उठेको अन्यौललाई लिएर नेकपाका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल सांसदहरुसंगको छलफलमा व्यस्त छन् ।

छलफलमा उठेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्रीले भारतसंगको नाका पनि तत्काल खोल्ने कुनै योजना नरहेको बताए ।

यद्धपि सीमा पारि रोकिएका नेपाललाई नेपाल प्रवेश गर्न दिने विषयमा भने सरकारले सोचिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily