काठमाडाैं- पत्रकार जि.पि.पौडेल माथी प्रहरीले दुव्र्यबहार गरेको छ ।
लकडाउनको रिर्पोटिङ गरेर घर फर्किदै गरेका पत्रकार पौडेलमाथि (बुधबार) सांझ बनस्थली खरिबोटमा चिया खाइरहेको बेला पसल बाहिर बोलाई बालाजु बृतका इन्सपेक्टर अनन्त कार्की र अर्का एक जवानले उनिमाथी दुव्यवहार गरेका हुन् ।
‘मलाई बाहिर बोलाएर पत्रकारको कार्ड मागियो, घाँटीमै भिरेको प्रेस कार्ड देखाँए, प्रेस ज्याकेट पनि लगाएको थिए’ पत्रकार पौडेलले भने ।
चिया खाएर बस्दा पनि किन ज्याकेट लगाएको ‘खोलेर बस’ भन्दै प्रहरी जवानले ज्याकेट जर्वजस्ती तानेर खोलिदिए, त्यसैक्रममा इन्सपेक्टर कार्कीले भने ‘म बर्दिमा छु, ‘धेरै नबोल’ फेरी गाडीमा जाक्दिन्छु’ भन्दै अभ्रद र असभ्य भाषा प्रयोग गरे।
अन्य स्थानियहरु पनि घटनास्थलमा जम्मा भएपछि मलाई केहि नबोल्नु भन्दै आफुँलाई भित्र लगेकोले अरु थप घटना हुन नपाएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले भने ‘आफुँ र पत्रकारिता जगतमाथि नियोजित रुपमा प्रहरी प्रशासन जाईलाग्यो’ ।
उक्त चिया पसल भन्दा करिव ४० मिटर पर २०० जना भन्दा बढि जमघट र भिडभाड गराएर लकडाउन बिपरित खाना खुवाइएको थियो ।
पत्रकार पौडेल माथीको दुव्र्यवहारको बिषयमा बालाजु बृतका प्रमुख रंजित सिंह राठौरसंग कुराकानी गर्दा घटनाको बारेमा आफुँलाई जानकारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
देशको संक्रमणकालिन बिषम परिस्थितीमा रिर्पोटिङमा खटिएर घर फर्किरहेका पत्रकारमाथी प्रहरीले सहयोग गर्नुको सट्टा उल्टो दुव्र्यवहारको घटना प्रति साझाडबली डट कम घोर भर्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरेको छ ।
साथै यस्ता किसीमका घटना पटक पटक बढिरहेकोले समाजमा प्रहरी प्रतिको विश्वास र काम कारबाहीमाथी समेत प्रश्न उठ्न थालेको छ । पत्रकार पौडेल साझाडबली डट कमका प्रधानसम्पादक हुन ।
प्रतिक्रिया