+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामको प्रश्नः पूर्व आइजीपी खनाल कसको आदेशमा यस्तो हर्कत गर्न तम्सिए?

4KNationalDaily
२०७७ बैशाख ११, बिहीबार १८:२० बजे

काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सांसद अपहरणको आरोप लागेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि छानविन र कारवाहीको माग गरेका गरेका छन् ।

महानिरीक्षक खनालले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जनकपुर गएर काठमाडौं ल्याएको स्विकार गरेपछि भट्टराईले उनीमाथि निष्पक्ष छानविन र कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ? अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुपर्‍याे कुन चोरले शुरूमै आफूले चोरेको स्वीकार गर्छ?’ नवगठित जनता समाजवादी पार्टीका नेता समेत भट्टराईले ट्विटरमा लेखेका छन् , ‘यिनले कुन हैसियतमा र कस्को आदेशमा यस्तो हर्कत गर्न तम्से? यसको निष्पक्ष छानवीन र कारवाही हुनुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily