+
Search

ताजा अपडेट +

पपुलर +

तराईमा आज शक्तिशाली हावाहुरीसहित वर्षाको सम्भावना, सजग रहन मौसमविद्को सुझाव

4KNationalDaily
२०७७ बैशाख १२, शुक्रबार ०७:५० बजे

काठमाडौं- आज (शुक्रबार) विशेषगरी मध्य र पूर्वका तराई क्षेत्रमा अलि शक्तिशाली खालको हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौमसविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज दिउँसो १/२ बजेपछि मौसम बदली भई देशका मध्य र पूर्वका धेरै स्थान तथा पश्चिमका थोरै स्थानमा हावाहुरी मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘यसमा पनि पहाडमा भन्दा मध्य र पूर्वका तराईमा हिजो/अस्तिको तुलनामा अलि शक्तिशाली खालकै हावाहुरीसहित वर्षा हुने देखिएको छ,’ मौसमविद् कँडेलले शुक्रबार बिहान भनिन्, ‘मेघगर्जन/चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।’

उनका अनुसार आज खासगरी भैरहवापूर्व यस्तो खालको मौसम बदली हुने देखिएको हो।

माैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: मध्य र पूर्वी भू-भागका धेरै र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

‘अहिले बिहान मौसम सामान्य रहे पनि दिउँसो १/२ बजेपछि बदली हुनेछ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘थप अध्ययन गरेर हामी दिउँसो ३ बजेतिर सतर्कताका लागि विशेष बुलेटिन प्रकाशन गर्छाैं होला।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily