+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउन एक साता लम्ब्याउन सरकारलाई उच्चस्तरीय समितिको सुझाव

4KNationalDaily
२०७७ बैशाख १३, शनिबार १९:१२ बजे

काठमाडौं- कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिअन्तर्गत मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले लकडाउन एक हप्ता बढाउन सिफारिस गरेको छ।

शनिबार सिंहदरबारमा बसेको उच्चस्तरीय समन्वय समितिले नेपालमा लकडाउन हटाउने अवस्था आइनसकेको निष्कर्ष निकाल्दै एक साता थप गर्नुपर्ने निर्णय गरेको थियो।

लकडाउनको स्वरुप तयार गर्न मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यादललाई जिम्मा दिइएको थियो।

अहिलेसम्म लकडाउनको स्वरुप नआए पनि कम जनसंख्या भएका स्थान र संक्रमित नदेखिएका स्थानमा लकडाउन केही खुकुलो बनाउनेबारे समितिको बैठकमा छलफल भएको र कार्यदलले त्यही अनुसार लकडाउनको स्वरुप तयार पारिरहेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily