+
Search

ताजा अपडेट +

पपुलर +

बाबुरामको आक्रोश : ओलीतन्त्रमा कानुनको शासन र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?

4KNationalDaily
२०७७ बैशाख १४, आईतवार १७:१५ बजे

काठमाडौं– आफ्नो पार्टीका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै आएका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले कानुनी राज्य र नागरिकको जीवन रक्षा गर्ने सम्बन्धमा प्रश्न उठाएका छन्।

आइतबार सांसद् अपहरण प्रकरणमा संलग्नमाथि कारबाही माग गर्दै किटानी जाहेरी गर्न पुगेका डा भट्टराईसहितको टोलीले दर्ता गराउन लागेको किटानी जाहेरी दर्ता नगरेपछि यस्तो प्रश्न उठाएका हुन्।

समाजवादी पार्टीका अध्यक्ष, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, र नेताहरू राजेन्द्र श्रेष्ठ, हिसिला यमी अशोक राई किटानी जाहेरी दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका थिए।

उनीहरूसँगै राजपाका तर्फबाट राजेन्द्र महतोलगायतका नेता निवेदन लिएर टेकु पुगेका हुन्। समाजवादी पार्टीले पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसदहरू किसन श्रेष्ठ र महेशबस्नेत विरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिन पुगेका थिए।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा यादव घरमै रहेको अवस्थामा नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसद्हरू बस्नेत र श्रेष्ठसमेतको टोलीले महोत्तरीबाट गाडीमा राखेर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily