काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादको टुंगो लगाउन यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा निर्णायक छलफल भइरहेको छ।
यद्यपि, कतिपय नेताले यो छलफलपछि पुनः पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच वार्ता हुन सक्ने बताएका छन्।
छलफलमा केपी ओली निकट मानिने ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
दलभित्र पछिल्ला दिनमा नेता नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक ठाउँमा आएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन्। केपी ओलीले दलभित्र सल्लाह नै नगरी दुई अध्यादेश ल्याएपछि उनलाई आफू इतरका खेमाबाट तीव्र आलोचना र दवाव झेलिरहनपरेको स्थिति छ।
प्रतिक्रिया