गाेरखा- सिरानचोक गाउँपालिका–७ तल्लाे गाेहाेराेमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् ।
असल छिमेकी नामक एक गैरसहकारी संस्थाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको श्रीनाथकाेट गाविस वडा नं २ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गत बर्ष बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।
समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो ।
स्थानीय इश्वर ढकालकाले पालनपोषण गर्ने गरी असल छिमेकीले अनुदानमा उपलब्ध गराएको बोकाकाे *काटेर मासु भागबण्डा गरिएको स्थानियले बताए ।
तर, ढकालले भने अार्काे विकल्प तयार भएर नै त्याे बाेका काटिएकाे बताए ।
‘अनुदानमा दिएकाे ब्याड बाेका अलि ठुलाे भयाे’ स्थानिय जनप्रतिधि समेतरहेका राजेन्द्रवावु ढकालले भने ‘ठुलाे भएपछि समस्या भएकाले त्यहि ब्याड बाेकाकाे सन्तानका रूपमा अार्काे बाेका तयार भएपछि काटिएकाे रहेछ। ‘
तर, वडाअध्यक्ष सुरज ढकालले भने अाफुलाइ यस विषयमा जानकारीमा नअाएकाे बताए। भन्छन् ‘मलाइ याे विषयमा के भएकाे हाे थाहा भएन। के भएकाे रहेछ। बुझेर खबर गर्छु ।’
स्थानियका अनुसार मासु बिक्रीबाट २५ हजार जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गरे ।
* यसअधि प्रकाशित समाचारमा शेखर ढकालकाे घरमा काटिएकाे भनि प्रकाशित समाचार सच्चायएकाे छ । सम्पादक
प्रतिक्रिया