+
Search

ताजा अपडेट +

पपुलर +

आईतबार एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्याे ६९

4KNationalDaily
२०७७ बैशाख २१, आईतवार १७:५० बजे

काठमाडौं- नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ।

कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको थियो ।

दिनमै १० जनामा संक्रमण देखिएपछि अव लकडाउन खुकुलो बनाउन संभव होला त ?

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily