भालुवाङ– दाङको राप्ती नदीमा केही दिन यता स्काभेटर प्रयोग गरि जथाभावी नदीजन्य पदार्थ उत्खनन भैइरहेको छ ।
राप्ती गाउँपालिकाले यस चालु अार्थिक वर्ष २०७६/७७ को नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरण गर्नका लागि टेन्डर खोलेको थियो ।
सोही बमोजिम लेवर लगाई मापदण्ड बमोजिम मजदुरले प्रयोग गर्ने ज्याबल, फरूवा जस्ता आैजार प्रयोग गरि गत मंसिर देखि चैत पहिलो हप्ता सम्म नदीजन्य पदार्थ उत्खनन,संकलन र बिक्रीवितरण गर्ने कार्य भइरहेको थियो ।
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण सरकारले चैत दोस्रो साता देखि अाव्हान गरेको लकडाउनका कारण सो कार्य स्वत: स्थगित भएको थियोे ।
करिव डेढ महिना देखि बन्द भएको सो कार्यलाई सुचारू गर्नका लागि निर्माण व्यवसायी, राप्ती गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दाङमा प्रगन्ना सिचाईनहर सफा गर्ने वहाना बनाई निवेदन दिएकोमा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा दाङमा क्रियाशिल राजनीति पार्टी संमेलित सर्वदलिय सर्वपक्षीय कोरोना नियन्त्रण समन्वय समिति दाङले तत्काल बैठक राखि उक्त राप्ती नदीमा स्काभेटर मेसिन प्रयोग गर्न अनुमति दिने निर्णय भयाे ।
तर नहर सफा गर्नलाई किसानहरूले समाजिक दुरी कायम गरि कार्य गर्ने सहमति भएको स्काभेटर प्रयोग गर्न नदिने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य एवम् राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश अाचार्यले बताएका छन् ।
बैशाख २८ गते आइतबारका दिन बिहानै देखि राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित प्रगन्ना कुलो सिचाई नहरको २ नम्बर इन्टेक रहेको राप्ती नदीमा २ वटा स्काभेटर लगाई अासु निर्माण सेवा प्रालि प्युठानका ठेकेदार पवन जिसीले जथाभावी उत्खनन कार्य गर्न खोज्दा राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका स्थानीय किसान र सर्वसाधारण नागरिक घटना स्थल पुगेर विरोध जनाएका थिए ।
उक्त समयमा निर्माण व्यवसायी र स्थानीयहरूका बिचमा भनाभन समेत भएको थियो ।
गाउँपालिकाले ठेकेदारहरूको पक्षमा इलाका प्रहरी कार्यालय भालुवाङ र सशस्त्र प्रहरी बल ज्वालामाईगण भालुवाङबाट ठुलो संख्यामा सुरक्षा फाैज खटाएको थियो ।
स्थानीय किसानहरूले जुनसुकै अवस्थामा पनि नदीजन्य पदार्थ (गिंटी,बालुवा,ढुंगा) उत्खनन संकलन र ओसारपसार गर्न नदिने गरि राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको अध्यक्षतामा ६१ सदस्यीय राप्ती नदी बचाउ संरक्षण संघर्ष समिति समेत गठन गरेको छ ।
साथै, उक्त समितिले प्रगन्ना सिचाई नहर र निर्माणाधिन बड्कापथ नहरको कमानक्षेत्र तथा राप्ती नदी उत्तर दक्षिण तर्फका स्थानीय बासिन्दाहरूको हस्तान्तरण गरि दाङ निर्वाचन क्षेत्र नम्बर १ का संघ तथा प्रदेशका माननीय सांसदहरू मार्फत संघ तथा प्रदेश संसदमा,जिल्ला प्रशासन कार्यालय दाङ,राप्ती गाउँपालिका,लमही नगरपालिका,गढवा गाउँपालिका,जिल्ला समन्वय समितिको कार्यालय दाङ,डिभिजन वन कार्यालय लमही,सरकारको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्यालय खुमलटार ललितपुर लगायतका सरोकारवाला निकायहरूमा निवेदन दिने भएका छन् ।
भिडियाे
प्रतिक्रिया