काठमाडाैं- सशस्त्र प्रहरीको सुरक्षा लिइरहेका पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षाकर्मी फिर्ता लग्न सरकारलाई अनुरोध गरेका छन् ।
आफ्नो व्यक्तिगतभन्दा राज्यको सुरक्षा महत्वपूर्ण भएको भन्दै उनले राज्यलाई अप्ठ्यारो भए क्षमा पनि मागेका छन् ।
‘सीमामा सुरक्षाकर्मी अभाव : जिम्मा पाएको सशस्त्र नेताको अगुवा–पछुवा’ शीर्षकमा नयाँ पत्रिकामा बुधबार समाचार प्रकाशित भएपछि उनले यस्ताे बताएका हुन् ।
मैले पुर्व गृहमन्त्रीले लिनेगरेको गाडी र तेल सुबिधा शुरुदेखि नै लिईन।शसस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।तर गत चुनाव अघि राज्यको सुरक्षा सँयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।+
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020
‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइनँ । सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर, गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,’ उनले ट्विट गरेका छन्, ‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना ।’
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020
प्रतिक्रिया