गोरखा- गोरखा भित्रिने सबै नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन् । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले यस्ताे निर्णय गरेकाेहाे ।
तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइने उनले जानकारी दिए ।
धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् ।
‘बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउछौ,’उनले भने ।
तिब्बत सीमाको उत्तरी गोरखाको दुवै नाकामा यसअघि नै बन्द छ। चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७ को ङुइला(मुलाढाज्यान) नाकामा आवतजावत गर्न निषेध गरिएकाे छ ।
रुइला नाका तिब्बती अधिकारीको निर्णयमा बर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रै महिना खुल्ला रहन्छ ।
प्रतिक्रिया