+
Search

ताजा अपडेट +

पपुलर +

आज हावाहुरी/चट्याङसहित वर्षाको सम्भावना, यस्ताे छ अागामी तीन दिनको मौसम पूर्वानुमान

4KNationalDaily
२०७७ जेष्ठ २, शुक्रबार ०७:४० बजे

काठमाडौं- आज (शुक्रबार) पश्चिम तराईबाहेक देशका सबै स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेकाे माैसमविद्ले बताएका छन्।

मौसम पूर्वानमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज काठमाडौं उपत्यकासहित मध्य र पूर्वका सबै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

यसैगरी पश्चिम पहाडमा पनि हावाहुरीसहित असिना पानी पर्ने सम्भावना छ।

प्रिमनसुन भएकाले वर्षाका साथमा हावाहुरी, चट्याङको पनि उत्तिकै सम्भावना रहने मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले गरेकाे तीन दिनको मौसम पूर्वानुमान

जेठ २ गते (शुक्रबार)

दिउँसोः

देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः

देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३ गते (शनिबार)

दिउँसोः

देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागसहित मध्य क्षेत्रको तराइ भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू-भाग र मध्य पहाडी भू-भागका थोरै स्थान तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः

देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ४ गते (आइतबार)

दिउँसोः

देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा मध्याह्नपछि आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपराह्नपछि एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः

देशको मध्य तथा पूर्वी पहाडी भू-भागमा सामान्य बदली र पूर्वी तराई तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू-भागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily