लकडाउनका कारण दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार गुगलमा सर्च गर्ने गर्छन् ।
हालै सार्वजनिक एक रिपोर्ट मा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची प्रस्तुत गरिएको छ ।
रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् ।
पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो ।
प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् । उनलाई ३१ लाखपटक खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।
धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् । उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ ।
त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको उक्त रिपोर्टमा उल्लेख छ ।
त्यस्तै पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ ।
यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ पनि इन्टरनेटमा सर्वाधिक खोजिएको सुचिमा छन् ।
प्रतिक्रिया