+
Search

ताजा अपडेट +

पपुलर +

शेरबहादुर देउवा भन्छन् : तत्काल एमसीसी पास गर्नुपर्छः

4KNationalDaily
२०७७ जेष्ठ २, शुक्रबार ०९:०७ बजे

काठमाडाैं-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न सरकारलाई सुझाव दिएका छन् ।

बालुवाटारमा जारी सर्वदलिय बैठकमा पूर्वप्धानमन्त्रीसमेत रहेको देउवाले एमसीसीमा कुनै विवाद नरहेकाले तत्काल सदनबाट पास गराउनुपर्ने बताएका छन् ।

उनले भने, ‘सरकार अविछिन्‍न उत्तराधिकारी हुने भएकोले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन नगर्ने भन्ने हुँदैन । अघिल्लो सरकारले गरेको सम्झौता अनुसार नै एमसीसी पास गरिनुपर्छ ।’

सत्तारुढ दल नेकपाभित्र एमसीसी परिमार्जनसहित पास गर्नुपने आवाज उठिरहेका बेला सभापति देउवाको यस्तो भनाई बाहिर आएको हो ।

४ महिनाअघि दाङमा भएको एक कार्यक्रममा देउवाले भनेका थिए ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु।’

उनले यो परियोजना आफु नेतृत्वको सरकारका पालामा सम्झौता भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रुपमा अर्थ्याएका थिए ।

आफ्नो पालामा भएको सम्झौतालाई आँफूले जसरी पनि पास गराउनका लागि पहल गर्ने उनको भनाई थियो।

‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’उनले भने ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily