काठमाडाैं- मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् ।
लकडाउन घोषणाको ६ दिन अघिदेखि उनी फुपू र भाइसँग सनसिटी अपार्टमेन्टमा छिन् ।
विदेशबाट आउनेबित्तिकै १४ दिन घरभित्रै कडा क्वारेन्टाइनमा बसिसकेकी उनी अपार्टमेन्टमै संक्रमित भेटिएपछि झन् त्रसित भइन् ।
दुई दिन अपार्टमेन्ट सिल्ड हुँदा निकै तनाव बढेको उनले सुनाइन् । तर, संक्रमितहरू निको भएर आएपछि उनी ढुक्क भएर सिर्जनात्मक गतिविधिमा सक्रिय भइसकेकी छिन् ।
यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा थुप्रै कथा लेख्न भ्याइन् । कलेजका लागि सातामा एउटा लकडाउनमा आधारित कथा लेख्नु त छदैछ, अन्य सस्पेन्स थ्रिलर कथा पनि लेखेकी छिन् ।
‘दि मिसिङ ब्राइड शीर्षक कथा साँझको ५ बजे लेख्न सुरु गरेकी थिए, लेख्दा–लेख्दै बिहानको ५ बजेको पत्तै पाइन“’, उनले उनलाई अहिले लेख्ने नशा नै लागेको छ ।
बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् । मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन
त्यसो त उनको सपना राम्रो सिनेमामेकर बन्ने हो । उनी अझै एक वर्ष पढाइमै लाग्नेछिन्, त्यसपछि मात्रै सिनेमामा फर्किने योजना छ । लकडाउनले उनको नयाँ प्रतिभा पनि उजागर गरेको छ ।
‘मैले जीवनमा स्केचसम्म गरेको थिइन’ । यो लकडाउनमा क्यानभास र कुचीलाई पनि साथी बनाए“ । अहिले त चित्रकलाको सिरिज नै तयार हुँदैछ,’ उनले भनिन् । चित्रहरूमा उनले प्रकृति र मान्छेको सम्बन्धलाई विषय बनाएकी छिन् ।
बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् । मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन । जस्तो भाँडोमा राख्यो, त्यस्तै बन्न सक्नुपर्छ । यसले जीवनमा आशाको किरण जन्माउन मद्दत गर्छ ।’
दिनहुँ एक्सरसाइज गर्छु
बेनिशा हमाल नेपाली अभिनेत्री हुन् । हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’मा बेनिशाले पनि अभिनय गरेकी छिन् । बेनिशा फिट अभिनेत्रीभित्र पर्छिन् । स्वस्थ्य र फिट रहन आफूले खानपान र जीवनशैलीमा ध्यान दिने गरेको उनी बताउँछिन् ।
नियमित अभ्यास
आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ । सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ ।
त्यसैले म सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु ।
सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली जग्गामा एक्सरसाइज गर्छु ।
खानपानमा सचेत छु
म खानामा साह्रै कन्सस छु । प्रायः जंकफुड खाँदिनँ । उसिनेका तरकारी खान्छु ।
कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु । फलफूल मेरो प्राथमिकतामा पर्छन् । मासुमा भन्दा बढी म माछामा फोकस गर्छु । नियमित पानी पिउँछु ।
प्रतिक्रिया