+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा शक्तिशाली अम्पुन आँधीको प्रभाव सुरु, काठमाडौंमा बिहानै भयो वर्षा

4KNationalDaily
२०७७ जेष्ठ ६, मंगलवार ०७:१९ बजे

काठमाडौं- बंगालको खाडीमा विकसित शक्तिशाली आँधी अर्था्त चक्रवातको प्रभाव नेपालमा पर्न सुरु भएको छ।

यसैको अप्रत्यक्ष प्रभावले आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘अहिले त्यो चक्रवात बंगालको खाडीमै छ, जमिनमा प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘यो भारतको जमिनमा प्रवेश गरेपछि यसको असर ठूलो हुनेछ र नेपालमा पनि बढी प्रभाव पर्नेछ।’

उनका अनुसार अहिले त्यस शक्तिकाली चक्रवातको बाहिरी घेराको बादल काठमाडौंलगायत देशको मध्य भागमा मात्रै आइपुगेको छ। सोही कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।

‘अहिले वर्षा रोकिएको भए पनि पुनः बदली भई वर्षा हुने सम्भावना छ,’ उनले भनिन्, ‘आजलाई अम्पुनको प्रभाव देशका मध्य र पूर्वी भूभागका थोरै स्थानमा पर्ने देखिन्छ।’

त्यसको प्रभावले आज देशका मध्य र पूर्वी क्षेत्रका केही स्थानमा हावाहुरीसहित वर्षा हुने सम्भावना छ।

‘यसको प्रभाव बिस्तारै आजभन्दा भोलि बढ्दै जान्छ,’ उनले भनिन्, ‘यसले वर्षा तथा हिमपातसमेत गराउनेछ।’

मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष बुलेटिन जारी गरेर बंगालको खाडीमा अम्पुन नामको अति शक्तिशाली चक्रवात विकास भइसकेको र त्यो क्रमशः उत्तरतर्फ अघि बढ्दै गरेकाले नेपालमा पनि वर्षा तथा हिमपात हुने सम्भावना रहेको भन्दै होसियारी अपाउन आग्रह गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily