गाेरखा- नमस्ते किड्स नेपालले अजिरकाेट गाउँपालिका भित्रका स्वास्थ्य चाैकीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।
विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे नाेवेल काेराेना भाइरस (काेभिड -१९) का कारण गाउपालिका भित्रका स्वास्थ्य चाैकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे ।
पुरै विश्व स्तब्ध रहेकाे वेला आम जनसमुदाय भाइरस सङ्क्रमणकाे सन्त्रासबाट भएभीत भइ जाेखिमपूर्ण परिस्थितिकाे सामना गरिरहेकाे बखत यसकाे राेकथाम एवं जाेखिम न्यूनिकरण गरी सम्पूर्ण मानव जातिकै जीवन रक्षाका लागि सामाजिक दुरी कायम राखाैं, आफू पनि बचाैं र अरूलाई पनि बचाऔं भन्ने सामाजिक अभियानलाई आत्मसात गर्दै नमस्ते किड्स नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे उक्त संस्थाले जनाएकाे छ।
स्वास्थ्य चाैकीहरूलाई काेराेना भाइरस सङ्क्रमण राेकथाम एवं जाेखिम न्यूनिकरणका लागि आवश्यक मास्क, सेनिटाइजर, पिपिई लगायत विविध स्वास्थ्य सामाग्रीहरू सहयाेग सवरूप गाउँपालिका मार्फत भच्चेक स्वास्थ्य चाैकीमा हस्तान्तरण गरेकाे हाे ।
संस्थाद्वारा उपलब्ध गरिएकाे याे सानाे सहयाेगले सङ्क्रमण माेचनका लागि सदैव अग्रपङ्तिमा रहेर आम नागरिककाे स्वास्थ्य सेवामा अनवरत रूपमा सेवारत स्वास्थ्यकर्मीहरूलाई स्वयम सुरक्षाकाे अनुभूति दिलाई उच्च मनाेवलका साथ नागरिककाे सेवामा समर्पित हुन थप उर्जा मिल्ने समेत अपेक्षा राखेकाे संस्थाले जनाएको छ ।
प्रतिक्रिया