काठमाडौं- नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार गराइएको जानकारी अनुसार थप २५ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ संक्रमित ३ देखि ४८ वर्ष उमेरका छन्।
बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।
संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्त देवकोटाले जानकारी दिए।
मन्त्रालयको अनुसार, देशभर ३५ हजार ४ सय ९४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
प्रतिक्रिया