काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका केही भागमा वर्षा र केही स्थानमा बदली हुनसक्ने अनुमान गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै विभागले आगामी तीन दिनसम्म प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको जानकारी गराएको हो।
यसका साथै गण्डकी र प्रदेश ५ का केही स्थानमा आंशिक बदलीसमेत हुने अनुमान विभागको छ।
बंगालको खाडीमा विकसित भएको चक्रवात उत्तर-उत्तर-पूर्वतर्फ अघि बढ्ने क्रममा रहेको र त्यसको अप्रत्यक्ष प्रभाव नेपाली भूमिसम्म आइपुग्ने विभागको अनुमान छ।
चक्रवातको ट्र्याक नेपालभन्दा पूर्वको भागमा परेपनि नेपालसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।
बुधबार रातीदेखि नै प्रदेश १ का केही स्थानमा वर्षा हुने र बाढी समे आउन सक्ने भएकाले सतर्कता अपनाउन विभागले भनेको छ।
पूर्वी तराई जिल्लामा समान्यभन्दा जलसतह बढ्ने भएकाले नदीतटीय क्षेत्रमा हुने गतिविधिमा सावधानी अपनाउने विभागले सचेत गराइएको छ।
प्रतिक्रिया