मुम्बई- पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउनेक्रम बढेको छ ।
अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान वेज सिरिज निर्माणतर्फ खिचिएको हो ।
यसैक्रममा अभिनेत्री अनुष्का शर्मा पनि वेभ सिरिजको निर्माणतर्फ लागेकी छन् ।
उनले यसअघि फिल्म नै निर्माण गरेकी थिइन् । यसपटक अभिनेत्री अनुष्काले वेभ सिरिज ‘पाताल लोक’ निर्माण गरेकी छन् ।
उनले हालै मात्र यो रिलिजको ट्रेलर रिलिज गरेकी थिइन् । यो सिरिजको ट्रेलरलाई दर्शकले मन पराएका छन् ।
लकडाउनको बेला दर्शकका लागि यो सिरिजले पूर्ण मनोरञ्जन दिने विश्वास अभिनेत्री अनुष्काको छ ।
यो सिरिजलाई अब १५ मेमा रिलिज गरिने भएको छ । यसलाई अमाजोन प्राइम भिडियोबाट रिलिज गरिने भएको छ । जसमा जयदीप अहलावत, निरज कबी, अभिषेक बनर्जी, गुलपनागलगायतको मुख्य भूमिका छ ।
यो थ्रिलर क्राइम जनरामा निर्माण भएको छ ।
अमाजोनबाट लामो समयदेखि थ्रिलर क्राइम जनराको हिन्दी वेभ सिरिज नआएकाले पाताल लोक हेर्न दर्शक प्रतीक्षारत रहेको अभिनेत्री अनुष्काको कथन छ ।
प्रतिक्रिया