काठमाडौं- संगीतकार सन्तोष श्रेष्ठले आफ्नो नयाँ आधुनिक गीत ‘तिम्रो मेरो दिलको बास…’को लिरिकल भिडियो शनिबार रिलिज गरेका छन् । ६१ दिनदेखि लकडाउनले घरमा रहेका दर्शक श्रोताका लागि नयाँ गीत प्रस्तुत गरेको यी संगीतकारले बताएका छन् ।
यो गीत निकै कर्णप्रिय बनेको छ । गीत सन्तोष आफैंले लेखेका हुन् । जसमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वर रहेको छ । गीत निकै राम्रो बनेकाले म्युजिक भिडियो नै बनाएर रिलिज गर्ने चाहना भए पनि लकडाउनका कारण त्यो नसेकेको उनले बताएका छन् ।
यो युगल गीतलाई अहिले लिरिकल भिडियोमा ल्याए पनि चाँडै म्युजिक भिडियो बनाएर सार्वजनिक गर्ने पनि सन्तोषले बताएका छन् ।
यो गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । जसलाई किशोर थापाको रेकर्डिङ तथा मिक्सिङ गरेको पनि संगीतकार श्रेष्ठले बताए । दुई दशकदेखि आधुनिक संगीतमा सक्रिय सन्तोषद्वारा संगीतबद्ध ३४ वटा गीतिसंग्रह बजारमा आइसकेको छ ।
प्रतिक्रिया