काठमाडौं– पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पोहोरकै बजेट दोहोरिएको टिप्पणी गरेका छन्। ‘यो बर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला।
‘बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहू उही छन्,’ उनले ट्विटरमा लेखेका छन्‚ ‘बजेटको आकारमात्रै उस्तै होइन। स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षाजस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ।’
यो बजेटले समस्याको हल नगर्ने पनि उनले दाबी गरेका छन्।
प्रतिक्रिया