+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट फर्किएकाको उचित व्यवस्थापन नगरेको भन्दै नेकपा गाउँपार्टीकाे आपत्ती

4KNationalDaily
२०७७ जेष्ठ १६, शुक्रबार २०:२८ बजे

गोरखा- भीमसेन थापा गाउँपालिका गोरखाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गर्नुको साट्टो लापरबाही गरेको भन्दै नेकपा गाउँपालिका पार्टी कमिटिले गम्भीर आपत्ती प्रकट गरेको छ ।

पार्टी अध्यक्ष बिनोद पाण्डेले प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीय सरकारबाट नै कोरोना संक्रमणको र रोकथामका लागि आबश्यक पहल गर्न नसकेको भन्दै गम्भीर आपत्ती जनाएको हो ।

छिमेकी भारतबाट आएका गाउँपालिकाबासीहरु नागरिकहरुको उद्धार गरि सुरक्षित क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएपनि अहिले भीमसेन थापा गाउँपालिका भित्र भारतबाट आएका नागरिकहरु अलपत्र पारिएको भन्दै सम्पूर्णको उचित व्यवस्थापनका लागि बिज्ञप्ती मार्फत माग गरिएको छ ।

स्थानीय सरकारको अव्यवस्थित, लापरवाहीपूर्ण एकमनाबादी कार्यशैलीबाट चलेको भन्दै बिज्ञप्तीमा भारतबाट फर्किएका सम्पूर्ण गाउँपालिकाबासीहरुलाई स्वास्थ्य सजकताका साथ सुरक्षित व्यवस्थापन गर्न भनिएको छ ।

बिज्ञप्ती गाउँपालिकाको जेठ ६ गते बसेको बैठकले वडा नम्बर १, २,३, ४ र ५ लाई पायक पर्ने गरि दुल्लभ क्याम्पस ध्याम्पेसालमा र वडा नम्बर ६, ७ र ८ लाई केन्द्रलाई केन्द्र पर्ने गरि अश्राङमा सामुहिक क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेपनि अहिलेसम्म गाउँपालिका स्तरीय क्वारेन्टाइन निर्माण गर्न नसकेको भन्दै चर्को आलोचना समेत गरिएको छ ।

गाउँपालिकाले अहिले आफैले गरेको निर्णयबाट फेरी पछि हटेर एउटै वडामा छरपष्ट ढंगले क्वारेन्टाइनको स्थापना गर्दै नागरिकहरुको सुरक्षा, स्वास्थ्य र आधारभूत नियम बमोजिम व्यवस्थापनको प्रयास गरिएकाले संक्रमणको जोखिम नियन्त्रण गर्न झनै असहज र परिस्थित अस्तव्यस्त बन्दै गएको उल्लेख गरिएको छ । सो पार्टीले तत्काल त्यस्ता कार्य रोकी बैठकको निर्णय अनुसार काम गर्न पनि बिज्ञप्ती मार्फत आग्रह गरेकोे छ ।

कोरोनाको महामारीको संकट सामना गर्न गाउँपालिका कार्यालयसंग आबश्यक हातेमालो गर्न पार्टी तयार रहेको भन्दै गाउँपालिका भित्र नै संक्रमणको जोखिम फैलन सक्ने खतरालाई ध्यान दिन समेत पार्टीको तर्फबाट बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily