गोरखा- गोरखामा भोलिदेखि पुस्तक पसल खोल्न दिइने भएको छ ।
जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्ण प्रयोग गर्ने गरि पुस्तक पसल खोल्न दिने निर्णय गरेको हाे ।
जिल्ला भित्रका अधिकासं सामुदायिक तथा नीजि बिधालयहरुले गत शैक्षिक सत्रको परीक्षाफल सार्वजनिक गरि सकेकाले बिधार्थीहरुलाई अध्ययनका लागि सजिलो होस् भन्ने उद्देस्यले पुस्तक पसल खोल्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
पुस्तक पसल बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म खोल्ने र सामाजिक तथा भौतिक दुरी कायम गरि पुस्तक बिक्रि बितरण गर्ने व्यवस्था मिलाउन पनि समितिले सवै स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।
जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजना यहि जेठ ८ गते बसेको सर्वपक्षिय बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्यपुस्तक बिकास केन्द्रबाट अनुमति लिएका नीजि क्षेत्रका प्रकाशन संस्थाबाट प्रकाशित बिधालय तहका पुस्तक ढुवानी गर्ने पाउने निर्णय गरेपछि जिल्लामा व्यवसायीहरुले पुस्तक भने ल्याइ सकेका छन् ।
प्रतिक्रिया