गोरखा- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई कैलालीबाट गोरखा ल्याइएको छ ।
भुजेलललाई मङ्गलवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट गोरखा पठाएको हो ।
तत्कालिन नेकपा माओबादीले सञ्चालन गरेको ससस्त्र जनयुद्धका क्रममा पक्राउ गरि गोरखा जेलमा रहदा उनी सहित ५ जना कारागारबाट सुरुङ खनेर जेल तोड्न सफल भएका थिए ।
यस्ताे छ काहानी गाेरखा जेल ब्रेककाे काहानी : गोरखा जेल ब्रेकको अन्तिम रात
पार्टी बिभाजन पनि अहिले उनी सरकारद्धारा प्रतिबन्धित बिलप्व समुहमा आबद्ध छिन् ।
प्रहरीले भुजेल बिरुद्ध जिल्ला अदालत गोरखामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ ।
त्यही मुद्दाको थप कानुनी प्रक्रियाको लागि बुधबार जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
भुजेललाई गएको पुस दोस्रो हप्ता सुनसरी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया