+
Search

ताजा अपडेट +

पपुलर +

चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारको तयारी

4KNationalDaily
२०७७ जेष्ठ २५, आईतवार ०७:४० बजे

काठमाडौ- सरकारले चरणबद्ध रुपमा लकडाउनलाई खुकुलो बनाउँदै लैजाने तयारी गरेको छ।

शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई चरणबद्ध रुपमा खुकुलो बनाउँदै जनजीवन सहज बनाउने गरी गृहकार्य थालेको हो।

लकडाउनको मोडालिटी परिमार्जन गरी उद्योग धन्दा कलकारखाना, विकास निर्माण, कृषि स्वास्थ्य क्षेत्रलगायत दैनिक जीवनलाई सहज बनाउने गरी गृहकार्य सुरु भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए।

कोरोना भाइरसबाट जोगिन स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड र गृह प्रशासनको निगरानीमा बिस्तारै जनजीवन सामान्य बनाउँदै लगिने भएको छ।

लकडाउनको मोडालिटी परिमार्जनको विषयमा गृहकार्य जारी भएकाले अन्तिम रुप दिई नसकिएको विडारीले बताए। ‘हामीले आज लकडाउन मोडालिटीका विषयमा गम्भीर छलफल गर्‍यौं।

भोलि पनि यसैगरी छलफल गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘सबै गहृकार्य पुरा गरेपछि लकडाउनलाई चरणबद्ध रुपमा खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउँने योजना बनाएका छौं।’ उच्च स्तरीय समितिले लकडाउन मोडिालिटीको प्रस्ताव तयार भएपछि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily