+
Search

ताजा अपडेट +

पपुलर +

पद बाँडफाँड सहमतिमै भएको होः बाबुराम भट्टराई

4KNationalDaily
२०७७ जेष्ठ २६, सोमबार ०७:४६ बजे

काठमाडौं- समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीमा पद विभाजन समहतिमै भएको स्पष्ट पारेका छन्।

आइतबार निर्वाचन आयोगमा दर्ता भएको सो दलमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् भने डा. भट्टराईसहित अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहेका छन्।

डा. भट्टराईले बाहिर विभिन्न अड्कलबाजी भएको भन्दै बाहिर चलेको हल्लाबाट प्रभावित नहुन आग्रह गरेका छन्।

डा. भट्टराईलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु। सबै कुरा सहमतिमा भएको छ। धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो। कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन। बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ।’

पाण्डेका अनुसार आउने बैठकबाट नेतृत्व लगायत वैचारिक कुरा स्पष्ट पारिने पनि डा. भट्टराईले बताएका छन्। उनले जसपालाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने दृढता पनि व्यक्त गरेका छन्।

डा. भट्टराईले समाजवादी र राजपाको एकताका लागि एक वर्षदेखि पहल गर्दै आएको पनि खुलासा गरेका छन्।

‘समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहल हो। अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो।

छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं। वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ’ प्रेस सल्लाहकार पाण्डेले लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily