+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मुल्य प्रतितोलामा १० हजार ४ सय बढ्याे, कायम भयाे ८७ हजार ४ सय

4KNationalDaily
२०७७ जेष्ठ २६, सोमबार ०७:४९ बजे

काठमाडौं- लकडाउन खुकुलो भएसँगै सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । लकडाउनपछि सुनचाँदी बजार आइतबारबाट खुलेको हो ।

छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४ सय रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।

सुनको मूल्य लकडाउनअघि चैत १० गते प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ तोकेको छ । लकडाउन अघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily