+
Search

ताजा अपडेट +

पपुलर +

मिस यू, प्रचण्ड बाबुराम !

4KNationalDaily
२०७७ जेष्ठ २६, सोमबार ०८:५७ बजे

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वदायी क्षमता र डा. बाबुराम भट्टराईको भिजन र बौद्धिक क्षमताकै कारण आन्दोलनमा होमीने कुनै बेला थिए धेरै ।

साच्चैं बाबुराम ब्यक्ति मात्रै नभई एउटा सिद्धान्तको प्रतिपादक हुन भन्ने सबैलाई थाहा थियो।

आज मलाई साच्चिकै दुख लाग्छ। डा. भट्टराईको जनयुद्ध सरिता गिरीको पोल्टामा, प्रचण्डको जनयुद्ध खड्क ओलीको पोल्टामा पर्दा।

प्रचण्ड/बाबुरामको त्याग भनौ या समयको माग संघीयलोकतान्त्रिक गणतन्त्रको जन्मदाता द्वय उहाँहरु प्रती न्याय पटक्कै भएको छैन।

झन अर्को दु:खद क्षण भनौं या समय परिस्थिति कुनै बेला बाबुराम प्रचण्डहरु गणतन्त्र स्थापनाको लागि लड्दै गर्दा बयलगाढा चढेर अमेरिका जान तयार यात्रीहरु आज महान दसबर्से जनयुद्धबाट प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रमा बयलगाडा बादीहरु गणतन्त्रका मालिक हु भन्दा झन दुख लाग्छ ।

दुई कौडाैका हावा भाषणबाट उदाएका, क्षमता नभएको नेता हुदा अाज देशमा संकट पर्दा जनताले दु:ख पाए।

प्रचण्ड र बाबुरामलाई सम्झीएर के गर्नु,अब गालि गरेर नि के गर्नु बरिस्ट्र पत्रकार बिजय कुमार सरले भन्नुभएको एउटा कुरा सधैं याद आउछ ‘नेता भनेको देश जनता, र समाजको हैसियत र चेतना जस्तो छ त्येस्तै नेता जन्मन्छ न यो समाजमा बौद्धिक नेता टिक्छन् न ईमान्दार नै, किनकि हाम्रो समाज र चेतनास्तर भ्रष्ट छ, मति बिग्रेको छ, अपारदर्शी र जबाफदेहिता छैन ।’

राजनीतिक दल खासगरी लोकतन्त्रको सिद्धान्तमा विश्वास गर्ने दलको नेतृत्व र सदस्यहरूले एउटा प्रश्नको समाधान खोज्नै पर्ने हुन्छ।

सिद्धान्तको विशाल समुद्रमा रहे पनि सही आचरण देखाउन सकेन भने विवेकशील आफूलाई बनाउन सकेन भने र आममानिसको मनलाई आफ्नो निजी स्वभाव, व्यवहार र आचरणमार्फत् जित्न सकेन भने कुनै पनि सिद्धान्त अर्थहिन हुने निश्चित छ।

प्रचण्ड एक धार, बाबुराम अर्को धारमा भयौं।

आज सरकारले ब्यहोरा पुर्याएर काम नगर्दा समस्या झन बल्झिएको छ पहिला त सरकार सुतेको जस्तो मात्र लागेको थियो ।

अहिले त सरकारले निद्रामा हिड्ने बेहोशीको सिकार भएजस्तो पो देखिदैछ,आज न माओवादी रह्यो न सर्वहारा बर्गले शासन गर्न पाए बेकारमा निमुखाहरुको ज्यान गैरहेको छ ।

दु:ख लाग्छ आज शासक बर्गले समस्या बिप्लबलाई देखेका छ हाम्रो समस्या बिप्लब होईन असमानता,गरिबी,भ्रष्टाचार र अधिनायकवाद उन्मुख शाशन प्रणाली हो भन्ने कस्ले बुझ्ला प्रचण्ड कम्रेड?

सबै ठिकठाक चलिरहेछ भनिरहदा,हिजोको उत्पादन प्रणाली जस्तो थियो, आज पनि त्यस्तै छ।हिजो जसरी अर्थतन्त्र चलेको थियो,आज पनि त्यसैगरी चलेको छ,कर्मचारीतन्त्र हिजोको जस्तै छ । न्यायालय पनि उस्तै छ । प्रशासनिक संरचनाहरु उस्तै छन् ।

जनतासँग प्रत्यक्ष जोडिने स्वास्थ्य शिक्षामा बजेटले सम्बोधन गरेन भन्ने कुरो उठाउने ब्यक्तिहरु आज दुई किनारा छौ ।

लेख्न त काङ्ग्रेस र नेकपा पार्टीले चुनावको बेला घोषणा पत्रमा लेखेका थिए स्वास्थ्य र शिक्षामा निशुल्क हुनुपर्छ भनेर,तर के गर्नु नेतृत्व नै माफियाको चङ्गलमा छ, अनि सम्झीने कस्लाइ बाबुराम ?

अज्ञानिहरूले जतिसुकै रूखा वाँणिहरू प्रहार गरेपनि अथाह ज्ञानका धनीहरू अविचलित यात्रामा लागिरहनु।

मेचि- महाकाली र हिमाल-तराई (मधेस )का सवै वासिन्दाहरू नेपाली हुन् भन्ने सकारात्मक दृष्टिकोण कदापि नबिर्सनु ।

मातृभुमि प्रति सवैलाई अघात स्नेह छ ।

‘समृद्ध नेपाल’नामको शाझा चौतारी निर्माण गर्न र संरक्षण गर्न समान भुमिका हुनुपर्छ।

बैज्ञानिक सोच भएका ब्यक्तिहरु नेतृत्वदायी क्षमता भएका ब्यक्तिहरु एक नभएसम्म र एकले अर्कोको अस्तित्व स्वीकार नगरे सम्म कुनै पनि काम असम्भव छ ।

देशभक्त समृद्धिको यात्रा सुरु गरेका हामी नागरिकहरु सवै सव्य, सिष्ट, अनुसाशित र मर्यादित वनौ ।

सवै मिलेर राष्ट्र निर्माण गरौँ!अर्काको ईर्स्याले आफैंलाई क्षती गर्नेछ!समृद्धिको चरणमा प्रचण्ड/बाबुराम अलग हुदा मिस गर्ने धेरै होलान् एक म पनि हु ।

मिस यु

प्रचण्ड/बाबुराम !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily