काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले डा बाबुराम भट्टराईको वरियता र राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने बताएका छन्।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा डा भट्टराईको वरियता तल परेको भन्दै उनमाथि सामाजिक सञ्जालमा व्यंग्य चलिरहँदा उनकै सहपाठी थापाले भने बचाउ गरेका हुन्।
‘लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भइसकेको छ। एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ’, थापाले ट्विटरमा लेखेका छन्।
वरियताको विषयमा @brb1954 लाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ
— Kamal Thapa (@KTnepal) June 8, 2020
प्रतिक्रिया