काठमाडौं- आइतबार थप २१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो पटक बाँकेको खजुरास्थित कोभिड अस्तपालबाट २० जना संक्रमणमुक्त भएका छन् भने कोभिडि युनिफाइड अस्पतालबाट एक जना निको भएर फर फर्किएका हुन्।
बाँकेबाट डिस्चार्ज हुने सबै नरैनापुर बाँकेका हुन्।
योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८८ पुगेका छन्।
हालसम्म १४ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया