काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने भएको छ।
कोभिड १९ को महामारी नियन्त्रण गर्न सरकारले सम्बोधन गर्नुपर्ने विषयका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउन लागिएको कांग्रेसले जनाएको छ।
कोभिड १९ को महामारी नियन्त्रणका लागि सरकारले गर्नपर्ने कार्य, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्ने विषय समेत ध्यानाकर्षण गराउन लागिएको हाे।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा पुगेर ध्यानाकर्षण गराउन वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रमुख सचेतक बालकृष्ण खाँड र केन्द्रीय सदस्य रमेश लेखक जाने बताइएको छ।
प्रतिक्रिया