गोरखा– जिल्लामा बुधबार थप चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यही जेठ ८ गते भरतपुर अस्पतालबाट आएकी महिला जनशक्ति आधारभूत विद्यालयको क्वारेन्टिनमा थिइन् ।
अन्य संक्रमितमध्ये दुई जना जेठ १४ गते र एक जना जेठ १० गते गाउँ आएका थिए ।
उनीहरुमध्ये एक जना मनकामना आधारभूत विद्यालय र एक जना निर्माणाधीन एकीकृत मिलन वस्तीको क्वारेन्टिनमा बस्दै आएका थिए ।
योसंगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
प्रतिक्रिया