+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउनको मोडालिटी परिवर्तन : बिहीबारदेखि लकडाउन खुकुलो, के-के खुल्छ ?

4KNationalDaily
२०७७ जेष्ठ २९, बिहीबार ०७:४३ बजे

काठमाडौं- सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना यात्रा गर्नेगरी चलाउन सबैलाई खुलाा गर्ने निर्णय गरेको हो।

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ । त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

तर, शहर प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय समेत गरिएको छ । सार्वजनिक स्थान लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे अाज (बिहीबार) सरकारले विस्तृत जानकारी दिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily