+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले जनताको आवाज समयमै सम्बोधन नगरे त्यसले विस्फोटको रूप लिन्छ : झलनाथ खनाल

4KNationalDaily
२०७७ जेष्ठ ३०, शुक्रबार ०८:३४ बजे

काठमाडौं- सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको बताएका छन्।

सरकारका काम कारबाहीबारे देशभर उठेको असन्तुष्टिको विषयमा प्रतिक्रिया दिँदै नेता खनालले जनताको असन्तुष्टिको संवोधन नभए त्यसले विष्फोटको रुपमा लिने चेतावनी दिएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नेता खनाल भन्छन् पहिलो कुरा सरकारको कामबाट जनता सन्तुष्ट हुन सकिरहेका छैनन्, जनताभित्र असन्तोष, विरोध र आक्रोश बढ्दै गएको छ।

जनताभित्र गुम्सिरहेको असन्तुष्टि प्रकट हुन थालेको छ । जनताको आक्रोश जुलुस र नाराबाट प्रकट हुन थालेकोे छ । जनताको यो अभिव्यक्तिलाई एउटा लोकतान्त्रिक सरकारले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ।

जनताको आवाज समयमै सम्बोधन गर्न बुद्धिमतापूर्वक प्रयत्न अघि बढाउनुपर्छ । सम्बोधन गरिएन भने त्यसले विस्फोटको रूप लिन्छ भन्ने समयमै बुझ्नुपर्छ।

आवश्यकता परे छानबिन पनि गर्नुपर्छ र सत्यतथ्य कुरा के हो जनताको बीचमा आउनुपर्छ।

अहिलेसम्म पार्टी बैठक नराखिएकाले नेकपाले पार्टीका रूपमा कुनै पनि विषयमा आफ्नो मत जाहेर गर्न पाएको छैन।त्यो मत जाहेर गर्नका लागि बैठकहरू हुन अनिवार्य छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily