+
Search

ताजा अपडेट +

पपुलर +

ला लिगा ग्रान डर्बी खेलमा सेभिया विजयी

4KNationalDaily
२०७७ जेष्ठ ३०, शुक्रबार ०९:१३ बजे

काठमाडौं- कोरोना भाइरस महामारीपछि फेरि सुरु भएको स्पानिस ला लिगामा सेभियाले वियजी सुरुवात गरेको छ ।

गत मार्च १० पछि पहिलो पटक भएको ला लिगा खेलमा सेभियाले रियल बेटिसलाई २-० ले पराजित गरेको हो ।

ऐतिहासिक ‘ग्रान डर्बी’ को रुपमा चर्चित खेल क्लोज डोरमा खेलिएको थियो ।

घरेलु मैदान स्टाडिऔ रामोन सान्चेज पिजोनमा सेभियाका लागि लुकास ओकम्पास र फर्नान्डोले दोस्रो हाफमा गोल गरेका थिए ।

५६ औं मिनेटमा लुकास ओकम्पासले पेनाल्टीमार्फत पहिलो गोल गरे । मारक बार्ताले लुक जोङलाई पेनाल्टी एरियामा फउल गरेपछि

यस्तै ६२औं मिनेटमा फर्नान्डोले सेभियाका लागि दोस्रो गोल गरे ।

जितपछि २८ खेलबाट ५० अंक जोडेको सेभिया तेस्रो स्थानमै छ ।

शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने योजनामा रहेको सेभिया चौथो स्थानको रियल सोसिडाडभन्दा ४ अंकले अघि छ ।

बेटिस २८ खेलबाट ३३ अंकसहित १२औं स्थानमै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily