+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण : सङ्क्रमित सङ्ख्या २०५ पुग्यो

4KNationalDaily
२०७७ असार १, सोमबार ०९:४३ बजे

पाेखरा- गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेशका थप ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ ।

तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई तनहुँकै जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भएको छ ।

नवलपरासी सुस्ता पूर्वको बौदिकाली गाँउपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily