काठमाडौं- प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।
एक वर्ष कार्यअवधि पूरा भएका अधिकृतहरुलाई सरुवा गरिएको हो ।
प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ ।
उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरोमा ल्याइएका छन् भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् ।
गोरखामा गुरुङ अाए, अधिकारी पुगे चितवन
जिल्ला प्रहरी कार्यालय गोरखाको प्रमुखमा एसपी सुरेन्द्र बहादुर गुरुङ आएका छन्। यसअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा रहेका गुरुङ गोरखा प्रहरी प्रमुख भएर आएका हुन्।
हालका एसपी ओम प्रसाद अधिकारी चितवान सरुवा भएका छन् । उनलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर चितवन पठाइएको छ । अधिकारी गाेरखामा रहदाँ विवादमा परेका थिए ।
प्रतिक्रिया