गोरखा- गण्डकी गाउँपालिकाकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी गाउँपालिकाको दर्बुङस्थित रत्नेश्वर मावि क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको हाे ।
भारतबाट फर्किएर जेठ १६ गतेदेखि क्वारेन्टाईनमा रहेका उनको कोरोना सक्रमण पुष्टि भएको हो ।
योसंगै गण्डकी गाउँपालिकामा कोरोना संक्रमितको सङख्या १० जना पुगेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको गण्डकी गाँउपालिकाले जनाएको छ ।
सो क्वारेन्टाइनमा ५ जना रहेकोमा ४ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । याे सहित गाेरखा जिल्लामा २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रतिक्रिया