+
Search

ताजा अपडेट +

पपुलर +

विश्वभर कोरोना : ८३ लाख २० हजार संक्रमित, ४ लाख ४७ हजारको मृत्यु

4KNationalDaily
२०७७ असार ४, बिहीबार ०७:३६ बजे

काठमाडौं– विश्वभर ८३ लाख २० हजार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख ५५ हजार ३ सय ७७, रुसमा ५ लाख ५२ हजार ५ सय ४९, भारतमा ३ लाख ५४ हजार ६५, बेलायतमा ३ लाख ७ सय १७ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ४७ हजार ६ सय २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १७ हजार ६ सय ९४ छ।

त्यस्तै, ब्राजिलमा ४६ हजार ५ सय १०, बेलायतमा ४२ हजार २ सय ३८, इटालीमा ३४ हजार ४ सय ४८, फ्रान्समा २९ हजार ५ सय ७८, स्पेनमा २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ।

विश्वभर ४० लाख ३५ हजार ६ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त भएकाको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ९२ हजार १ सय ९१ छ।

त्यस्तै, ब्राजिलमा ४ लाख ९४ हजार ५ सय २६, रुसमा ३ लाख ३ हजार ८ सय, भारतमा १ लाख ८६ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या ७ हजार नाघेको छ।

पछिल्लो तथ्यांक अनुसार ७ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ६७ जनामा संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily