+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा थप ११ जनामा कोराना संक्रमण, संक्रमितकाे संख्या पुग्याे ४०

4KNationalDaily
२०७७ असार ५, शुक्रबार १७:५३ बजे

काठमाडौं- गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको कोरोना परीक्षणका क्रममा १० जना पुरुष र १ जना महिलामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा बताएका हुन् ।

गोरखाबाट स्वाब संकलनका लागि गण्डकी प्रदेश स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको भएपनि त्यहाँ परीक्षणमा ढिलाई भएपछि पोखराले काठमाण्डौमा स्वाब परीक्षण गर्न पठाएको थियो ।

अाज काेराेना पुष्टि भएका मध्ये छ जना जिल्ला अस्पताल गाेरखाकाे आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् ।

भीमसेन थापाका पाँच जनामध्य दुईजना कन्ट्याक ट्रेसिङका हुन् भने तीन जना नयाँ रहेका छन् । आज सहित जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily