गाेरखा- गोरखा अस्पतालमा उपचार गराईरहेका ८ जना कोरोना जितेर आज घर फर्किएका छन् ।
गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक गरी ८ जनाले काेरेाना जितेका हुन् ।
‘१४ दिन आइसोलेसनमा राख्यौँ’ जिल्ला अस्पातालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘दुई पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिवार घर पठाएका हौँ ।’
१४ दिन आइसोलेसनमा बसेका कुनै लक्षण नदेखिएकालाई थप तीन दिन राखेर घर पठाउने सकिने भएपनि अस्पतालले दुईपटक जाँच गर्दा कोरोना निको भएको पुष्टि भएपछि मात्रै घर पठाएको अस्पतालले जनाएकाे छ ।
आठ जना डिस्चार्ज भएसँगै गोरखा अस्पतालमा १६ जना उपचाररत छन् । जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ भने आठ जना निको भएर फर्किएका छन् ।
प्रतिक्रिया