+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी विद्यालयमा नीजिकाे किताव, ‘कहिँ नभएको जात्रा धुवाँकोट’मा

4KNationalDaily
२०७७ असार ७, आईतवार ०९:५२ बजे

गोरखा- जिल्लाको पालुङटार नगरपालिका वडा नं. ७ धुवाँकोट स्थित अकला माध्यमिक विद्यालयमा नीजि विद्यालयमा पठनपाठन गराईने पाठ्यपुस्तक विक्री वितरण भईरहेको छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाईका अनुसार विद्यालय व्यवस्थापन समितिले किताव बेच्न अनुमति प्रदान गरेकाले विद्यार्थीहरुलाई विशेष छुट सहित किताव विक्री गरिएको हो ।

सामुदायिक विद्यालयमा नेपाल सरकारले लागु गरेको पाठ्यक्रम अनुसार जनक शिक्षा केन्द्रले छापेको किताव पठनपाठन गराउनुपर्दछ । यसका लागि राज्यले अनुदान समेत दिने गरेको छ ।

अकला मावि धुवाँकोट गोरखामा भने विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन सहितको मिलिमतोमा अत्यधिक नाफा कमाउने उदेश्यका साथ किताव विक्री वितरण भईरहेको हो ।

यसबारेमा वडा कार्यालय र पालुङटार नगरपालिकाको शिक्षा शाखाले मौन समर्थन गरेका छन् । विद्यालयमा व्यापार गर्न सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

नीजि शिक्षकहरुलाई तलब भत्ता दिनका लागि केही रकम संकलन हुने आशयका साथ विद्यालयमा नीजि कम्पनीबाट प्रकाशित पुस्तकहरु विक्री गरिएको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए ।

विद्यालयको आयस्रोत वृद्धिका लागि विद्यालय हाथाभित्र चाउचाउ, कुरमुरे, चटपटे पसल समेत राख्न सकिने उनको भनाई छ । कतिपयले लकडाउनका समयमा विद्यार्थीको हितका लागि विद्यालयबाट नीजि स्तरका पाठ्यपुस्तक वितरण गरिएको बताएका छन् ।

पुस्तक कारोवारका लागि नेपाल सरकारको प्रचलित नियम अनुसार खुलेका पुस्तक पसल भएपनि अकला माविले आफै व्यापारमा अग्रसर भएको हो ।

आगामि दिनमा पालुङटार लगायतका क्षेत्रबाट आएका सबै प्रकाशनका कितावहरु विद्यालयबाट विक्री वितरण गरिने एक शिक्षकले बताए ।

जिल्लामै अग्रणी स्थानमा रहँदै आएको उक्त विद्यालयमा पछिल्लो समय मायाप्रेम लाउने र व्यापार गर्ने थलोको रुपमा तिव्र गतिमा विकास भईरहेकोले सचेत विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षाप्रेमीहरु समुदायहरु निराश बन्दै गएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily