काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा सेल्टा भिगोले बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोकेको हो।
उपाधि दौडमा रहेको बार्सिलानालाई यो बराबरीले ठूलो धक्का लागेको छ। यता, रियल मड्रिडलाई भने उपाधि जित्न निकै फाइदा पुग्ने भएको छ।
बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गर्दा पनि जिताउन सकेनन्। सेल्टा भिगोका लागि भने फेडर स्मलोभ र लागो आसपासले गोल गरे।
खेलको २०औं मिनेटमा स्वारेजले हेडर गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्दा दुई गोल खान पुग्यो।
खेलको ५०औं मिनेटमा स्मलोभले गोल गर्दै सेल्टा भिगोलाई १–१ गोलको बराबरी दिलाए। खेलको ६७औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। तर यो अग्रता जितको लागि पर्याप्त बनेन।
८८औं मिनेटमा आसपासले गोल गर्दै सेल्टा भिगोलाई २–२ गोलको बराबरी दिलाए।
यो बराबरीसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ६९ अंक भएको छ। तर उपाधि दौडमा भने ठूलो धक्का लागेको छ। एक खेल कम खेलेको रियल मड्रिडको ६८ अंक छ।
शुक्रबार राति नै भएका अन्य खेलहरुमा तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले अलभेसलाई २–१ गोलअन्तरले पराजित गर्दा एथ्लेटिको विलबाओले मालोर्कालाई ३–१ र ओसासुनाले लेगानेसलाई २–१ गोलअन्तरले पराजित गरेका छन्।
प्रतिक्रिया