काठमाडौं– एफए कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग खेल्ने भएका छन्।
आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटीले न्युक्यास्टललाई, आर्सनलले सेफिल्ड युनाइटेड र चेल्सीले लेष्टर सिटीलाई पराजित गर्दै एफए कपको सेमिफाइनलमा पुगेका हुन्।
म्यान्चेस्टर युनाइटेड भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो।
सिटीले न्यु क्यास्टललाई २-० गोलअन्तरले पराजित गर्ने क्रममा खेलको ३७औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेका थिए। त्यस्तै, रहिम स्टर्लिङले खेलको ६८औं मिनेटमा गोल गरे।
यता, आर्सनलको जितमा भने निकोलस पेपे र ड्यानी सेबालोसले गोल गरे।
सेफिल्डका लागि भने डेविड म्याकगोल्ड्रिकले गोल फर्काएका थिए। त्यस्तै, चेल्सीले लेस्टरलाई १-० गोलले स्तब्ध बनाउँदा रोस बार्कलीले गोल गरे।
अब सेमिफाइनलमा युनाइटेडले जुलाई १८ मा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, जुलाई १९ मा सिटी र आर्सनल खेल्ने छन्।
प्रतिक्रिया