+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

4KNationalDaily
२०७७ असार १७, बुधबार ०७:३६ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बैठक विहान ७ बजेका लागि बोलाएका हुन् ।

प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा भएको सरकारको आलोचनालगायत बिषयमा अनौपचारिक छलफल गर्न बोलाएको हाे ।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १८ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

कसैले पनि सरकारको बचाउ नगरेपछि प्रधानमन्त्री ओली एक्लैले सरकारको बचाउ गर्नु परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily