+
Search

ताजा अपडेट +

पपुलर +

ओली निकटका नेताहरु प्रचण्ड निवास खुमलटारमा

4KNationalDaily
२०७७ असार १८, बिहीबार १०:०२ बजे

काठमाडौं- नेकपामा शक्ति संघर्ष चुलिँदै जाँदा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूलाई फकाउने रणनीतिमा लागेका छन् ।

प्रधानमन्त्रीसमेत रहेको नेकपा अध्यक्ष ओलीनिकट नेताहरूलाई प्रचण्डले बिहीबार बिहान आफ्नो निवास खुमलटार बोलाएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङसहित स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने ओलीनिकट नेतालाई छलफलका लागि बोलाइएको छ ।

प्रचण्डले ओलीसहित उनीनिकट नेतासँगसमेत छलफल गरेर सर्वसम्मतिका लागि मनाउने कोसिस गर्नेछन् ।

मंगलबारको नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजीनामा दिनुपर्ने माग गरेको थियो । त्यसपछि शुरू भएको शक्ति संघर्ष गुटगत भेलामा परिणत भएको छ ।

बुधबार बिहानै बालुवाटारमा ओलीले आफ्ना गुटका नेताको भेला गरेपछि साँझै प्रचण्ड–माधव नेपाल समूहले झम्सिखेलमा छलफल गरेको थियो ।
झम्सिखेल भेलाले ओलीलाई राजीनामाका लागि मनाउने जिम्मेवारी प्रचण्डसहित सचिवालयका नेतालाई दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily